जनमत पार्टीले बजेटको पक्षमा मतदान नगर्ने

जनमत पार्टीले बजेटको पक्षमा मतदान नगर्ने



काठमाडौं । सत्तारूढ दल जनमत पार्टीले बजेटको पक्षमा मतदान नगर्ने भएको छ । अध्यक्ष सीके राउतले सरकारले ल्याएको आगामी वर्षको बजेट कार्यकर्ता पोस्न ल्याइएको आरोप लगाएका छन् । उनले असमान बजेट कुनै पनि हालतमा स्वीकार्य नहुने समेत बताएका छन् ।

बुधबार फेसबुकमार्फत बजेटलाई समर्थन गर्न नसकिने भन्दै उनले लेखेका छन्, “जनमत पार्टी मन्त्री पदकै लोभमा अरू पार्टी जस्तो समर्थन दिन सक्दैन । यो संसद्को गरिमाका लागि पनि अपरिहार्य छ, डेढ महिना बजेटमाथि बहस गर्ने तर अन्तिममा आएर त्यही बजेटलाई संशोधनबिना समर्थन गरिदिने निरर्थक संसदीय अभ्यास र निरीह संसद्को खिलाफ पनि जनमत पार्टीको यो कदम महत्त्वपूर्ण र ऐतिहासिक छ ।”