‘बगान’ बाट उदाउँदै प्रमिला

‘बगान’ बाट उदाउँदै प्रमिला



काठमाडौं । असार २९ गतेबाट नेपाली फिल्म ‘बगान’ प्रदर्शन हुँदै छ । फिल्मको गीत र टिजर सार्वजनिक भईसकेको छ । जसबाट डेब्यु गर्ल प्रमिला कार्कीले आफ्नो अभिनयबाट दर्शकसँगै फिल्मकर्मीलाई समेत प्रभावित पारिरहेकी छिन् । यसमा नीर शाह, स्वयम् निर्देशक सरोज खनाल, बसुन्धरा भुषाल, करिश्मा मानन्धर, मिथिला शर्मा, आकाश श्रेष्ठको अभिनय रहेको छ । यी सिनियर र अनुभवी कलाकारको भिडमा समेत टेलिभिजनकर्मीको रुपमा परिचित प्रमिला आफ्नो अभिनयमार्फत चिनिन पुगेकी छिन् । 

मैले सुरुआत नै अभिनयमार्फत नै गरेकी थिएँ । अभिनय सिक्न र निरन्तरता दिन नै म बुटवलबाट काठमाडौँ आएकी हुँ’, प्रमिलाले भनिन्, ‘म काठमाडौँ आएर नाट्यकर्मी अनुप बरालसँग अभिनय सम्बन्धी प्रशिक्षण लिनुका साथै दुई नाटकमा काम समेत गरें । यद्यपि टेलिभिजन र म्युजिक भिडिओमा सक्रियता बढेको कारण मलाई त्यताबाट चिन्नु हुन्छ ।’