एमाले र रास्वपाको विरोधपछि संसद बैठक १५ मिनेटका लागि स्थगित

एमाले र रास्वपाको विरोधपछि संसद बैठक १५ मिनेटका लागि स्थगित



काठमाडौं । निर्वाचन कार्यालयहरु जिल्ला प्रशासन मातहत राख्ने बजेट वक्तव्यको बुँदा संशोधन हुनुपर्ने माग राख्दै एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

निर्वाचन कार्यालयहरु यथावत् राख्ने भन्ने विषय बजेटमा सच्चिएर नआएपछि विपक्षी दलले विरोध गरेका थिए । अर्थमन्त्री प्रकाशशरण महतले यसअघि नै संशोधन गर्ने प्रतिबद्धता जनाएपनि त्यसलाई वैधानिक प्रक्रियाबाट सदनमा नल्याएको भन्दै एमाले र रास्वपाले आपत्ति जनाएका थिए । त्यसपछि प्रक्रिया मिलाउनका लागि सभामुखले बैठक स्थगित गरेका हुन् ।