दोहोरो अंकले घट्याे सेयर बजार

दोहोरो अंकले घट्याे सेयर बजार



काठमाडौं । सेयर बजार दोहोरो अंकले घटेको छ । बुधबार कारोबार सुरु भएको ३ मिनेटमै २२ सय नाघेको सेयर बजार अन्ततः बन्द हुँदा अघिल्लो दिनको तुलनामा ३५ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २१५० अंकमा कायम भएको छ । परिसूचक घट्दा कारोबार रकम भने बढेको छ ।

हिजो ५ अर्ब ४७ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज ५ अर्ब ९७ करोडको कारोबार भयो । जम्मा ३६ कम्पनीको मूल्य बढ्दा १८८ को घट्यो भने १ को स्थिर रहृयो । जीवन बीमा बाहेकका सबै उपसमूह घटेका छन् । जीवन बीमा उपसमूह ३०४ अंक बढ्यो ।

बैंकिङ १९, विकास बैंक ९७, फाइनान्स ५८, होटल तथा पर्यटन १५६, जलविद्युत् ५०, माइक्रोफाइनान्स १२८, निर्जीवन बीमा ५९, अन्य ५२ र ब्यापार उपसमूह ६६ अंक घटे । तीन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । हिमालयन लाइफ इन्स्योरेन्स, बीपीडब्लु लघुवित्त र सिटी होटलको मूल्य १० प्रतिशत बढ्यो । कारोबार रकमका हिमालयन लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट, सोल्टी होटल, एसिएन लाइफ इन्स्योरेन्स र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स क्रमशः अगाडि रहे ।