कांग्रेससँग नयाँ सरकारका विषयमा कुरा भएको छैन : ओली

कांग्रेससँग नयाँ सरकारका विषयमा कुरा भएको छैन : ओली



चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार निर्माणका विषयमा कुनै कुरा नभएको बताएका छन् ।

भरतपुर विमानस्थलमा बिहीवार पत्रकारहरुसँग कुराकानी गर्दै उनले सरकार गठनका विषयमा कांग्रेससँग कुनै कुरा नभएको बताए ।

उनले भने, ‘कांग्रेससँग मैले प्रस्ताव गरेको छैन, कांग्रेसले पनि मलाई प्रस्ताव गरेको छैन । तपाईं (पत्रकार) मार्फत जानकारी पाइरहेका छौं ।’ पार्टीका दोस्रो तहका नेतामार्फत कुराकानी गरिएको भन्ने विषय आफूलाई जानकारी नभएको बताए ।

१५ असारमा धान दिवस मनाउन ओली चितवन आएका हुन् ।