जीवन ढुंगेल र रोशा फुयाँलको गीत ‘सीमा मायाको’ सार्वजनिक (भिडियोसहित)

जीवन ढुंगेल र रोशा फुयाँलको गीत ‘सीमा मायाको’ सार्वजनिक (भिडियोसहित)



काठमाडौं । संगीतकार तथा गायक जीवन ढुंगेलको गीत ‘सीमा मायाको’ सार्वजनिक भएको छ ।

गीतमा गायक ढुंगेल र सारेगमपकी चर्चित गायिका रोशा फुयाँलको आवाज रहेको छ । गीतमा शब्द र संगीत पनि गायक ढुंगेलकै रहेको छ ।

गीतको एरेन्ज सुबिन सेञ्चुरी र रवि सुनारले गरेका छन्, भने भिडियोको सम्पादन आलोक वाग्लेले गरेका छन् ।

गीतमा प्रेमिल जोडीको कथालाई अत्यन्त सुन्दर ढंगले प्रस्तुत गरिएको छ । माया बसिसकेपछि छुट्न नपरोस् भनि एकअर्काले बाचा गरेका छन् ।

गायक ढुंगेलले यसअघि नै थुप्रै म्युजिक भिडियो बजारमा ल्याइसकेका छन् । उनले चर्चित गायक मेलिना राईदेखि प्रविशा अधिकारीसँग सहकार्य गरिसकेका छन् ।

गायिका रोशा फुयाँल चर्चित रियालिटी ‘शो’की फर्स्ट रनरअप हुन् ।