निर्वाचन आयोगको प्रस्ताव : ‘नो भोट’ को व्यवस्था हुनुपर्छ

निर्वाचन आयोगको प्रस्ताव : ‘नो भोट’ को व्यवस्था हुनुपर्छ



काठमाडौं । निर्वाचन आयोगले एकीकृत निर्वाचन कानुनको मस्यौदा पारित गरेको छ । आज बसेको आयोगको बैठकले निर्वाचन कानुनको मस्यौदा पारित गरी सरकारलाई पठाउने निर्णय गरेको हो ।

आयोगले निर्वाचनसम्बन्धी कानुनमा ‘नो भोट’, विदेशमा रहेका नेपालीलाई मताधिकार, चुनावमा ३३ प्रतिशत महिला उम्मेदवार, चुनावमा उम्मेदवार बन्ने सीमा निर्धारणलगायतका नयाँ व्यवस्था प्रस्ताव गरेको छ । 

यस्तै पालिकाको अध्यक्ष वा उपाध्यक्ष, प्रमुख वा उपप्रमुखमध्ये कम्तीमा एक जना महिला उम्मेदवार बनाउनुपर्ने पुरानो व्यवस्थामा एउटा पदमा मात्र उम्मेदवारी दिँदा महिला उम्मेदवार हुनुपर्ने व्यवस्था थप गरेको छ ।

निर्वाचनमा कुनै पनि दलमा रहेको व्यक्ति अर्को दलबाट उमेदवार बन्न नपाउने प्रस्ताव गरेको छ ।

आयोगले निर्वाचन व्यवस्थापनसम्बन्धी विधेयकको मस्यौदामा भनेको छ, “कुनै पनि राजनीतिक दलको सदस्य रहेको व्यक्ति त्यस्तो दलको सदस्यता त्याग नगरी अर्को राजनीतिक दलको तर्फबाट उमेदवार हुन नसक्ने ।”

यसअघि दल त्याग नगरी चुनाव चिह्न लिएर उमेदवार हुन पाउने व्यवस्था थियो ।