संसदीय समितिको नेतृत्व छिट्टै चयन गर्न प्रचण्ड, देउवा र ओली सहमत

संसदीय समितिको नेतृत्व छिट्टै चयन गर्न प्रचण्ड, देउवा र ओली सहमत



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संसदीय समितिको नेतृत्व छिट्टै चयन गर्न सहमत भएका छन् ।

आज सभामुख देवराज घिमिरेसहित सिंहदरबारका बसेको बैठकमा उक्त सहमति भएको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले जानकारी दिए ।

प्रमुख सचेतकलाई राखेर निर्वाचन प्रकृया सभामुखले सुरू गर्ने भएका छन् ।

टीआरसी र मनी लाउन्ड्रिङको विधेयक अघि बढाउने सहमति पनि भएको बताइएकाे छ । संसदीय समितिको नेतृत्वमा पुरानै सहमति कार्यान्वयन गरेर अघि बढ्ने भएकाे हाे ।