काठमाडौं । संसद् भवन वानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ ।
बैठकमा संसद्मा देखिएको अवरोधको विषयमा छलफल भइरहेको छ । बैठकमा नेकपा एमालेले संसद् चल्न नदिने अडान राखिरहेका छ । संसद्मा एमालेले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक बोलाएका हुन् ।
एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभा बैठक सञ्चालनमा अवरोध गरिरहेको छ । भारतले चाहेमात्र नेपालमा सरकार बन्ने आशयको अभिव्यक्ति प्रधानमन्त्री प्रचण्डले दिएपश्चात् प्रतिनिधिसभा बैठकमा एमालेले अवरोध गरेको थियो ।


प्रतिक्रिया