काठमाडौं । शुक्रबारको लागि तय प्रतिनिधिसभा बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, रास्वपा र राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनुपर्ने अडान कायम राख्ने बताएपछि शुक्रबारको लागि तय बैठक स्थगित भएको हो । दिउँसो ३ बजे बस्ने बैठक आइतबार १ बजेसम्मका लागि स्थगित भएको हाे ।
आज राष्ट्रिय सभा बैठकमा पनि एमालेले अवरोध गरेपछि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले शुक्रबार आह्वान गरेका पटक–पटकको छलफलमा सहभागी एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, एमालेका सचेतक महेश बर्तौला लगायतले आफूहरु प्रचण्डको राजीनामाको मागमा अडानमै रहेको दोहोर्याएका थिए ।
प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह पटक–पटक दिल्ली गएको भनी दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर एमालेले गत बुधबारदेखि राष्ट्रिय सभा र प्रतिनिधिसभाको बैठक चल्न दिएको छैन ।
प्रतिक्रिया