नेप्से सूचक २५ अंकले बढ्यो, हाइड्रोपावरमा आकर्षण

नेप्से सूचक २५ अंकले बढ्यो, हाइड्रोपावरमा आकर्षण



काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्सेमा २५ अंकमाथिको वृद्धि भएको छ । अघिल्लो दिन सामान्य अंकले घटेको नेप्से सूचकमा बुधबार एकै दिन २५.३१ अंकले बढ्दै २ हजार ९७.५५ अंकको विन्दुमा उक्लिएको हो ।

परिसूचक बढ्दा कारोबार रकम पनि बढेको छ । हिजो २ अर्ब ८५ करोडको कारोबार भएकोमा आज ३ अर्ब १८ करोडको कारोबार भयो ।

कुल १८५ कम्पनीके मूल्य बढ्दा ३८ को घट्यो भने १ को स्थिर रहृयो । यस दिन लगानीकर्ताको आकर्षण हाइड्रोपावर उपसमूहमा देखिएको छ । सो उपसमूह सबैभन्दा धेरै ४.४१ प्रतिशतले बढ्यो । फाइनान्स र होटलबाहेक सबै उपसमूह बढे । फाइनान्स ३९ र होटल तथा पर्यटन उपसमूह ५१ अंक घटे । बैंकिङ ८, विकास बैंक ३०, जलविद्युत् १०२, जीवन बीमा ३८, उत्पादन ५९, माइक्रोफाइनान्स ७३, निर्जीवन बीमा १०६, अन्य १६ र व्यापार उपसमूह ९ अंक बढे ।

शिवश्री हाइड्रोपावर, सीवाईसी लघुवित्त, रिभर फल्स पावर, शुभम् पावर र नेसनल हाइड्रोपावरको मूल्य १० प्रतिशत हाराहारीमा बढेको छ । रावा इनर्जीको मूल्य भने १० प्रतिशत तथा नेपाल फाइनान्सको मूल्य ५ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन लाइफ इन्स्योरेन्स, सोल्टी होटल, नेपाल टेलिकम र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहे ।