प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले घट्यो

प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले घट्यो



काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १.८४ अंकले घटेको छ । अघिल्लो कारोबार दिन अर्थात बुधबार २५.३१ अंक बढेर २०९७.५५ विन्दु बन्द भएको नेप्से यस दिन सो सेसनमा १.८४ अंकले घटेर २०९५.७२ विन्दुमा झरेको छ। ।

१० लाख ९७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४० कम्पनीको ४४ सय ८० कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ६४ वटा कारोबार भएको छ । २४ कम्पनीको भाउ बढ्दा ९ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।