रास्वपा र राप्रपाको विरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित

रास्वपा र राप्रपाको विरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाको विरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित भएको छ । रास्वपा र राप्रपाका सांसदले विरोध जनाउँदै वेल घेराउ गरेपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको हाे ।

यसअघि, आइतबार प्रतिनिधिसभा बैठकमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० पेस गरिएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधेयक पेस गरेका हुन् ।

सांसदहरू ज्ञानबहादुर शाही, प्रेम सुवाल, सोविता गौतम र सुमना श्रेष्ठले राखेको विरोधको सूचना बहुमतले अस्वीकृत गरिएपछि सभामुख देवराज घिमिरेले विधेयक पेस गर्न अनुमति दिएका थिए ।

बैठकमा विधेयक पेस गरिसकेपछि रास्वपा र राप्रपाका सांसदहरुले विधेयकमाथि छलफल गर्दा निणयार्थ पेस नभएको भन्दै आपत्ति जनाएका थिए ।

रास्वपाको विरोधपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो ।