फेरि फर्किएँ

फेरि फर्किएँ



लामो समयपश्चात पुनः अलग कुरा यसपटक लेख्न जुटेको छु । उमेरले ४२ बर्ष लागेको छु । गत फागुन ४ गतेदेखि लामो समय खेलकुद जीवनबाट टाढा रहेर आध्यात्मिक जीवनको मलाई राम्रै हावा लागेको थियो । आज भोलि तेक्वान्दो खेल जीवनले फेरि एकपटक झक–झकाएको छ । तेक्वान्दो खेलको ५ औं डान (कालोपेटी) लिने लक्ष्य लिएर फेरि खेल जीवनमा फर्केको छु ।

आधा महिना भन्दा धेरै भयो दशरथ रंगशाला त्रिपुरेश्वोर धाउन थालेको । रंगशाला धाउने क्रममा नै गत असार २० गते परेको अविरल बर्षाको कारण लाजिम्पाटस्थित नेपाली सेनाको क्याभल्ऱी गेट अगाडी सानो दुर्घटनामा परे । फुटपाथमा जम्मा भएको पानीले एकक्षण बबण्डर नै मच्चायो ।

नियमित गर्दै आइरहेको सेल्फ तेक्वान्दो अभ्यास सकेर म कपन पैयाँटार निवास फर्कदै थिएँ । पानीको बबण्डर चपेटामा म परेको थिएँ । अत्याधिक पानी जमेको उक्त स्थानको ग्राउन्ड जिरो रिपोर्टिङ गर्ने मलाई भुत सवार भयो । उक्त समय मैले मेरो पिठ्युमा रहेको झोलाबाट मोबाइल निकालेर ३ ओटा जति भिडियो र केही फोटो खिचें । रिपोर्टिंङ सकेर हिजो अस्तीसमेत हिडेको बाटो भएको कारण अनुभवी झैँ साइकिल डोराउँदै पैदल यात्रीको बाटो हुँदै निवास कपन पैयाँटारतर्फ अगाडी बढ्दै थिएँ । फुटपाथको खाल्डोभित्र जमेको पानीमा परेर म लडे, मेरो दायाँ गोडाबाट रगत बग्न थाल्यो । म थोरै नर्भस भएँ । एकातिर लडेको साइकिल अर्कोतिर मेरो रगत बगेको खुट्टा । म के गर्ने के नगर्ने अक्कन बक्क भएँ । बिनाबित्थामा किन रिपोर्टिङ को भूत सवार भएको होला भन्ने सोच्न थाले ।

जीवनको के भरोसा हुने रहेछ, अघिसम्म अन्य यात्रुको सकस र पिर मार्काको सहजी करण होस् भनेर समाचार संकलन गर्दै थिएँ, एक्कैछिन पश्चात आफूमाथि परेको बज्रपातले मेरो होस उड्ला झैँ भयो । म अब के कसरी रगत थाम थुम पार्ने र उक्त लाजिम्पाटस्थित नेपाली सेनाको क्याभल्ऱी गेटको ठीक अगाडीबाट आफूलाई उद्धारका लागि बिलखबन्धमा परें ।

तत्काल मनमा जुक्ति सुज्यो– झोलामा भएको मेरो एक्स्ट्रा गन्जीले खुट्टाको घाउ बाँधे । रगत बग्न केही कम भयो । एक मानिसले काठको डण्डाको सहयोगले जमेको पानीभित्रको खाल्डो छाम छुम गर्दै आए । मलाई बाटो पहिलाउन उनले सहयोग गरेका थिए । उक्त समय मलाई ति मानिस साक्षात महादेव नै आएर उद्दार गरेको अनुभूति भयो ।

हतार हतार म नजिकैको मेडिकल पुगु भन्ने लाग्यो । ठूलै चोट मेरो नली खुट्टामा परेको होला भन्ने लागेको थियो । तर, भगवान दाइना हुनु भएछ । मेरो गोडाको नसामा सानो प्वाल परेको रहेछ । नशामा परेको प्वालको कारण धेरै रगत बगेको रहेछ । उक्त मेडिकलमा मेरो सामान्य उपचार भयो । विस्तारै म निवास फर्किएँ, अहो ठुलो दशाबाट आज पार पाइयो भन्दै त्यहाँबाट हिडे ।

८ दिनपश्चात पुनः म उक्त स्थानमा असार २८ गते पुगेको थिएँ, जहाँ मेरो रगत बगेको थियो । उक्त स्थानमा अब के हुदै रहेछ जान्न मन लाग्यो । जहाँ उक्त दिन डोजर लगाएर सरसफाई र फुटपाथको ड्रेन सफा गर्दै गरेको देखेर पुनः फेसबुकमा मात्र भए पनि रिपोटिङ गर्ने भुत सवार भयो । ९ दिन अघिको घाउ लगभग ठीक भैसकेको थियाे ।

रिपोटिङ को लागि मोबाइलको लेन्स नेपाली सेनाको क्याभल्ऱी गेटतर्फ फर्काउनु पर्ने थियो । मैले रिपोटिङका लागि मोबाइलको क्यामरा उक्त दिशातर्फ फर्काउन कुनै संकोच र डर मानिन । रिपोटिङका बीचमा एक अधबैसे महिलाले किन फोटो खिचेको भनेर मलाई हपारिन । केही संकोच लागे पनि पनि ८ दिन अगाडी लडेर खुट्टाबाट रगत बगेको स्थानप्रति संवेनशील हुँदै म नेपाली सेनाको लाजिम्पाटस्थित क्याभल्ऱी गेटतर्फ फर्कन्छु ।

गेट अगाडी उभिएका एक सुरक्षाकर्मीले सिटी फुक्दछन अनि अर्का गार्डले मलाई किन फोटो खिचेको प्रश्न गर्न पुग्दछन । म निर्धक्क भएर गत हप्ता परेको अविरल बर्षातको कारण जमेको पानीको उचित ब्यबस्थापन कार्य भएको देखेर रिपोटिङ गर्न लागेको टाढै बाट जानकारी गराएँ । उहाँहरुले सकारात्मक संकेतको ईसरा गर्नुभयो । फुटपाथमा उभिएकी एक महिलाले मलाई फोटो खिच्न नमिल्ने भन्दै कराउदै थिइन । म उक्त महिलालाई शान्त रहन आह्वान ईसाराबाटै गर्दै म निवासतर्फ फर्के ।

बाटोमा मनभित्र फोटो खिच्न निषेध गर्ने महिलाबारे ध्यान आकर्षण भयो । मैले मोबाईलमा खिचिएको फोटो हेरें जहाँ उक्त अर्धबैसे महिला फुटपाथमा नेपाली सेनाको लाजिम्पाटस्थित क्याभल्ऱी गेटसँगै उभिएर नेपाली सेनाको लिखित र मौखिक परिक्षाका लागि तयार पारिएको पुस्तक क्याडिएट क्याप्सुल बेच्ने गरेको खुलासा भयो ।

मेरो मस्तिस्कले घोत्लन बाध्य बनायो, यो गेटको ठीक अगाडिको सडक पेटीको खाडलमा परेर मेरो ज्यान झन्डै गएको थियो । जुन कुराको जिम्मेवारी महानगरपालिकाले लिनुपर्ने थियो । त्यस्तै नेपाली सेनाका जवानको भर्तीको लागि तयार गरिएको पुस्तक फुटपाथमै उभिएर बेच्नु, म फुटपाथ र सडक विकाशको पहलमा जोडिनुलाई मैले यो पटक बिशेष आवाजबीच अगल कुरा तयार परेको हूँ । नेपालको लागि गोल्ड मेडल जित्ने खेलाडीको रगत यो भूमिमा बगेपश्चात बर्षौ वर्षदेखि जाम भएको काठमाडौं लाजिम्पाटको फुटपाथको ड्रेन सफा गर्ने समयको काल चक्र भने २०८० सालको असार महिनामा जुरेको रहेछ ।

अब फुटपाथमा बसेर मकै पोल्ने लूगा फाटो बेच्नेलगायतका महानुभावलाई कारबाही गर्ने काठमाडौं महानगरपालिकाले यी सडक र फुटपाथ विकासको आवाज उठाउने म जस्तालाई अधबैसे महिलाले गाली गर्नुको कारण बल्ल खुलेको थियो । नेपाली सेनाको क्षेत्रअधिकारभित्र पर्ने सडक पेटीमा यसरी खुल्लमखुल्ला पुस्तक व्यापार गर्नु ठीक होइन ।