कांग्रेस सांसद शर्माद्वारा गृहमन्त्री र अर्थमन्त्रीकाे राजीनामा माग

कांग्रेस सांसद शर्माद्वारा गृहमन्त्री र अर्थमन्त्रीकाे राजीनामा माग



काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माले तत्काल संसदीय दलको बैठक बोलाउनुपर्ने माग राख्दै संसदीय दलको कार्यालयमा निवेदन दिएका छन् । एक क्वीन्टल सुन प्रकरणबारे छलफल गर्न उनले साउन १० अगावै दलको बैठक बोलाउन माग गरेका हुन् ।

उनले एयरपोर्टबाट भएको सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्रीको भूमिकाप्रति शंका उत्पन्न भएकाले यसबारेमा कांग्रेस संसदीय दलको बैठकमै छलफल हुनुपर्ने बताएका छन् । उनले याे प्रकरणमा आफ्नाे माग पूरा नभए संसदमै अनशन बस्ने चेतावनी दिएका छन् । संसदमा आमरण अनशन बस्न मिल्छ भन्ने प्रश्नमा उनले भने, ‘सुन निल्न मिल्ने अनशन बस्न नमिल्ने ? प्रहरी लगाएर निकाल्ला, म तयार छु,’ उनले भने ।

उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले राजीनामा दिनुपर्ने बताइरहेका छन् ।