सिटौलाको प्रश्न- जनतालाई हामीले के दिन खोजिरहेका छौँ ?

सिटौलाको प्रश्न- जनतालाई हामीले के दिन खोजिरहेका छौँ ?



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले जनताका समस्या सम्बोधन गर्ने प्रस्ताव ल्याउनुपर्ने बताएका छन् ।

पार्टी मुख्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा धारणा राख्दै उनले बैठकबाट जनतालाई के दिन खोजिएको भनेर प्रश्न गरे । ‘जनतालाई के दिन खोजिरहेका छौँ ? जनताका दैनिक समस्यालाई सम्बोधन गरेर प्रस्ताव आओस् । समसामयिक राजनीतिमा कांग्रेस के भन्छ ?,’ उनले भने ।

सिटौलाले प्रदेशलाई संघले ध्यान दिनुपर्ने बताए । ‘महामन्त्रीको सांगठनिक प्रतिवेदन छ, त्यसमा केही भन्नु छैन । एकता बनाउने गरी कार्य गरियोस्, प्रदेशलाई पनि ध्यान दिइयोस्,’ उनले भने ।