बुधबार बस्ने गरी कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

बुधबार बस्ने गरी कांग्रेस केन्द्रीय समिति बैठक स्थगित



काठमाडौं । साउन २ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठक सभापति शेरबहादुर देउवाले मात्र बोल्न बाँकी राखेर स्थगित भएको छ ।

केन्द्रीय सदस्य हुँदै आज बाँकी पदाधिकारीले बोलेका छन् । सभापति देउवाले बुधबार अपराह्न ४ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

सभापति देउवाले आफूमाथि उठेका प्रश्नको जवाफ पनि त्यही बैठकमा दिने बताएका छन् । पदाधिकारीसहित बसेर निर्णयको खाका तयार पारेपछि सभापतिले सम्बोधन गर्ने तयारी गरेका छन् ।