होन्डा नेपालद्वारा आत्याधुनिक प्रविधियुक्त सिटी ई–एच ई भी सार्वजनिक

होन्डा नेपालद्वारा आत्याधुनिक प्रविधियुक्त सिटी ई–एच ई भी सार्वजनिक



काठमाडौं । होन्डाले हालै बजारमा सिटी ई–एच ई भी सार्वजनिक गरेको छ । वर्षौं देखि उपभोक्ताहरुको माझ लोकप्रिय होन्डा सिटी यसपाली नयाँ हाइब्रिड भेरिएन्टमा आएको छ । आत्याधुनिक प्रविधियुक्त सिटी ई–एच ई भीले नेपालको अटोमोटिभ क्षेत्रमा महत्वपूर्ण फड्को मार्ने संकेत गरेको छ । द्रुत यक्सिल्रेसन, उत्कृष्ट फ्युल इकोनोमीका साथ नेपालमा दिगो र पर्यावरण मैत्री सवारीका लागि नयाँ मापदण्डहरू सेट गरेको छ ।

सिटी ई–एच ई भीको विशिष्ट विशेषता मध्ये एक एडभान्स्ड सेनसिङ्ग स्वीट रहेको छ । यो सवारीचालक तथा पैदलयात्री दुवैलाई मध्यनजर गरी डिजाइन गरिएको अत्याधुनिक सेफ्टी टेक्नोलोजी हो । यस प्रविधि अन्तर्गत गाडीमा जोडिएको वाइड–एंगल फ्रन्ट क्यामेराले दूरीमा रहेका सम्भावित खतराहरूबारे चालकहरूलाई सचेत गराई दुर्घटनाहरूको जोखिमलाई कम गर्न मद्दत गर्छ । प्याकेजमा भएको लेन–किपिङ असिस्ट र अटोनोमस इमर्जेन्सी ब्रेकिङले गाडीमा सवार तथा पैदल यात्री दुवैको सुरक्षा सुनिश्चित गर्दछ ।

नवप्रवर्तन र प्राविधिक उत्कृष्टता प्रति सदा प्रतिवद्ध होन्डाले सिटी ई–एच ई भीमा एडभान्स्ड ड्राइभर असिस्टेंस सिस्टमका साथै अड्याप्टिभ क्रुज कन्ट्रोल सुविधा समावेश गरी अन्य प्रमुख निर्माताहरूले सेट गरेको प्रवृतिलाई पछ्याएको छ । यी फिचरहरुले समग्र ड्राइभिङ अनुभवलाई आरामदायी बनाउनुका साथै थप सुरक्षित बनाउँछ ।

सिटी ई–एच ई भी को बारेमा थप जानकारीको लागि आफ्नो नजिकको होन्डा कार शोरूममा सम्पर्क गर्न सकिने छ ।