सुन तस्करी प्रकरणमा एमालेले संसद्‍‍मा गृहमन्त्रीको जवाफ माग्ने

सुन तस्करी प्रकरणमा एमालेले संसद्‍‍मा गृहमन्त्रीको जवाफ माग्ने



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा भित्रिएको करिब सय किलो सुनबारे संसद्‍मा गृहमन्त्रीको जवाफ माग्ने भएको छ ।

बुधबार दिउँसो नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको संसदीय दलको बैठकले सुन तस्करी प्रकरणमा छानबिन र गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफ माग्ने निर्णय गरेको एक सांसदले जानकारी दिए ।

एमालेले सदन भने अवरोध नगर्ने भएको छ । यसअघि एमालेले गृहमन्त्री र अर्थमन्त्रीकै राजीनामा माग्ने तयारी गरे पनि त्यसबाट भने पछि हटेको हो ।

अध्यक्ष केपी शर्मा ओलीले बुधबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै सत्ताधारी दलले देश लुटिरहेको आरोप लगाएका छन् । सत्तारुढ दलले नांगो नाच देेखाइरहेकाले एमाले चुप लागेर बस्न नहुनेसमेत ओलीले बताएका छन् ।

‘सत्ताधारी दलले देश लुटिरहेका छन् नांगो नाच देखाइरहेका छन् । अब हामी चुप लागेर बस्नु हुँदैन,’ अध्यक्ष ओलीले भने । एमालेले सुन तस्करीसहितको विषयमा संसद्मा उठाउने विषयमा छलफल गर्न संसदीय दलको बैठक बसेको हो ।