काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रीय कार्यसमितिको निर्णयमा फरक मत राखेका छन् ।
भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षमा रहेका नेता बालकृष्ण खाणबारे बैठकले निलम्बनको निर्णय नलिएपछि महामन्त्री थापाले फरक मत राखेका हुन् । बैठकमा पनि महामन्त्री थापाले खाणलाई निलम्बन गर्नुपर्ने लिखित मत दर्ज गराएका थिए ।
बैठकका निर्णयमा पनि महामन्त्री थापाको लिखित मत रहेको अर्को महामन्त्री शर्माले सुनाए । महामन्त्री थापाले फौजदारी कसुरको अभियोग लागेका जो कोहीलाई निलम्बन गर्नुपर्ने मत पार्टी बैठकमा राखेका थिए ।
तर कांग्रेसले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि सरकारले थालेको कदममा साथ र समर्थन रहेको बताएको छ ।
त्यसैगरी कांग्रेसले मंसिरको ११ देखि १३ गतेसम्म महासमिति बैठक बोलाउने भएको छ । बैठकमा यस्तो प्रस्ताव गरिएको हाे ।
प्रतिक्रिया