चुनावमा वागी उठेर जितेका १४ जना कांग्रेस नेताको कारबाही फुकुवा

चुनावमा वागी उठेर जितेका १४ जना कांग्रेस नेताको कारबाही फुकुवा



काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह र संघ तथा प्रदेशसभा निर्वाचनमा बागी उम्मेदवार बनेर जितेका माथिको कारबाही फुकुवा गरेको छ ।

कांग्रेसले निर्वाचनमा बागी उठेर जितेका १४ जनाको कारबाही फुकुवा गरेको छ । आज बसेको केन्द्रीय समिति बैठकले गत स्थानीय, प्रदेश, प्रतिनिधिसभामा पार्टी वागी उठेर जितेका १४ जनाको कारबाही फुकुवा गरेको हो ।

कारबाही फुकुवा भएका नेताहरू :
– जंगीलाल राय
– देवेन्द्र बहादुर शाही
– नवराज शाही
– राजुसिंह कठायत
– मनोजकुमार शाह
– प्रल्हाद कुमार क्षेत्री
– तारादेवी महतो
– भोला खड्का
– राम यादव
– विजय कुमार महतो
– विदेश्वर शाह
– रूकुम तामाङ
– लक्ष्मण सिंह