गगन थापाले बुझाए निर्वाचन आयोगमा १५ हजार जरिवाना

गगन थापाले बुझाए निर्वाचन आयोगमा १५ हजार जरिवाना



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं- ४ का प्रतिनिधिसभा सदस्य गगन थापाले निर्वाचन आयोगलाई १५ हजार रुपैयाँ जरिवाना तिरेका छन् । थापाले सामाजिक सञ्जालमार्फत आफूले १५ हजार रुपैयाँ जरिवाना तिरेको जानकारी गराउँदै फेरि निर्वाचन खर्च सार्वजनिक समेत गरेको बताएका छन् ।

निर्वाचन आयोगले चुनाव खर्च विवरण बुझाएर सार्वजनिक नगरेको भन्दै प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका उम्मेदवारलाई १५ हजार जरिवाना तोकेको थियो ।

थापाले यसअघि आफूले सार्वजनिक गरेको खर्चको विवरण निर्वाचन आयोगलाई फेरि बुझाउनुपर्छ भन्ने जानकारी नहुँदा जरिवानामा परेको बताएका छन् ।

‘मैले निर्वाचन आयोगमा मिति २०७९।०८।२५ मा आफ्नो खर्च विवरण बुझाइसकेको छु । यो विवरण सार्वजनिक पनि भएको थियो । तर यस्तो जानकारी आयोगलाई गराउनु पर्ने जानकारी नभएको जानकारी गराउँछु। अतः १५ हजार जरिवाना तिरेको जानकारी गराउँदै, पहिला नै आयोगलाई बुझाएर सार्वजनिक भैसकेको निर्वाचन खर्च विवरण पुनः सार्वजनिक गरेको जानकारी गराउँछु’, थापाले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

थापाले आफ्नो निर्वाचन खर्च २३ लाख ४२ हजार ७६८ रुपैयाँ १० पैसा भएको पनि जानकारी गराएका छन् ।

थापाले सार्वजनिक गरेको खर्च विवरण :