अन्तिम समयमा ९ अंकले बढेर बन्द भयो नेप्से

अन्तिम समयमा ९ अंकले बढेर बन्द भयो नेप्से



काठमाडौं । मौद्रिक नीति सार्वजनिक भएपछि निरन्तरजसो ओरालो लागिरहेको नेप्से, यस दिन भने कारोबारको अधिकांश समय नकारात्मक रहे पनि अन्तिम समयमा बढेर बन्द भएको छ ।

यस दिन नेप्से परिसूचक ९.२५ (०.४४%)अंक बढेर २०८६.८४ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.५६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५६ अंक बढेको छ।

१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । जसमध्ये ११७ स्टकको मूल्य बढेको, ८१ स्टकको मूल्य घटेको र १९ स्टकको मूल्य स्थिर रहेका छन् ।

यस दिन १ अर्ब ८० करोड ३२ लाख रुपैयाँ बराबरको २६९ कम्पनीको ९३ लाख ३८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।