प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो गिरावट

प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो गिरावट



काठमाडौं । साताको पहिलो कारोबार दिन प्रि-ओपन सेसनमा नेप्से सूचक ०.६५ विन्दुले घटेको छ । यससँगै सूचक २०६५.४० अंकमा आएको छ । यो सेसनमा ६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

१९ कम्पनीको ३३ सय ४६ कित्ता सेयर कारोबार भएको हो । ६ कम्पनीको भाउ बढ्दा ३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । 

सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.९२ अंक घटेको छ।