मन्त्री फिर्ता बोलाउन माओवादीको पदाधिकारी बैठक बालुवाटारमा जारी

मन्त्री फिर्ता बोलाउन माओवादीको पदाधिकारी बैठक बालुवाटारमा जारी



काठमाडौँ । सरकारमा नेकपा माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने एक जना मन्त्री फिर्ता गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ ।

जनमत पार्टीलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री प्रचण्डले माओवादीबाट मन्त्री भएकामध्ये एक जनालाई फिर्ता बोलाउन लागेका हुन् ।

यता जनमत पार्टीले अनिताकुमारी साहलाई मन्त्री बनाउन सिफारिस गरिसकेको छ । बालुवाटार स्रोतका अनुसार माओवादीबाट मन्त्री भएका पर्यटनमन्त्री सुदन किराँती वा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीमध्ये एकलाई फिर्ता बोलाउने तयारी छ ।