कंकिर अर्थात् सेतो आँखे

कंकिर अर्थात् सेतो आँखे



नेपालमा कंकिर भनेर चिनिने यो चरालाई भारतीय सेतो आँखे भनिन्छ । सानो यो चरा ८ देखि ९ सेन्टिमिटर लामो हुन्छ । आँखाको वरिपरी सेतो रंगले ढाकेको हुनाले यसलाई सेतो आँखे भनिएको हो ।

यसको बसोबास भारतीय उपमहाद्विपमा पाइन्छ । विशेष गरी दक्षिण पूर्वी एसियाकाे विभिन्न भागमा यो विविध प्रजातिमा फैलिएको छ । यसको फैलावट मलेसिया र इन्डोनेसियासम्म पुगेको अनुमान छ ।

सेतो आँखाको वर्णन डच प्राणीशास्त्री कोएनराड जेकब टेमिन्कले सन् १८२४ मा बंगालमा संकलन गरिएको नमूनाबाट गरेका थिए। याे नामलाई उनले सिल्भिया पाल्पेब्रोसा बनाए। अङ्ग्रेजी र वैज्ञानिक नामले आँखाको वरिपरि सेतो प्वाँखले औंठीजस्ताे आकारलाई जनाउँछ । ग्लोब नेपालका लागि निखिलराज कार्कीले कंकिरको तस्बिर क्यामरामा कैद गरेका छन् ।

@karkiclicks