बिवाईडी विश्वका शीर्ष १० अटोमोबाइल ब्रान्ड कम्पनीमा सामेल हुन सफल

बिवाईडी विश्वका शीर्ष १० अटोमोबाइल ब्रान्ड कम्पनीमा सामेल हुन सफल



काठमाडौं । बिवाईडी (BYD) विश्वको अग्रणी न्यू इनर्जी भेहिकल (NEV) निर्मात, मर्सिडीज बेन्ज समूह र BMW लाई पछि पार्दै पहिलो पटक बक्रीको आधारमा विश्वका १० ठूला कार कम्पनीहरूमा सामेल भएको छ ।

बिवाईडीको विश्वव्यापी नयाँ गाडीको विक्रीमा २०२३ को पहिलो ६ महिनामा ९६% ले वृद्धि भएर १.२५ मिलियन NEV मा पुग्यो र यसले १0औं स्थान प्राप्त गरेको हो ।

बिवाईडीले अगस्टमा रेकर्ड २७४,३८६ सवारी साधनहरू बेचेको छ र लगातार चौथो महिनाको लागि आफ्नो मासिक डेलिभरी रेकर्ड तोडेको छ। BYD ले आफ्नो पहिलो आधा वर्षको रिपोर्ट जारी गरेको छ । जसमा २६०‍.१२ बिलियन युआन ($३५.६६ बिलियन) राजस्व देखिएको छ, जुन ७२.७२ प्रतिशतले बढेको हो । अटो मेकिंगर सम्बन्धित व्यवसायहरूबाट राजस्व २०८.८२ विलियन युआन पुगेको छ, जुन वार्षिक रूपमा ९१.१ प्रतिशतले वृद्धि भएको छ ।

BYD को प्रगतिको श्रेय कम्पनी को उत्पादन नवाचार र औद्योगिक श्रृंखलामा ठूलो लगानीलाई दिइएको छ । कम्पनीले अनुसन्धान र विकासमा १४.२५ बिलियन युआन लगानी गरेको छ, जुन वार्षिक रूपमा १२.०२% ले वृद्धि भएको हो र यस अवधिको लागि आफ्नो नाफालाई पनि उछिनेको छ ।