देशको यथार्थलाई चित्रण गर्ने गीत ‘मूल्य त पाइन्छ’ बजारमा (भिडियोसहित)

देशको यथार्थलाई चित्रण गर्ने गीत ‘मूल्य त पाइन्छ’ बजारमा (भिडियोसहित)



काठमाडौं । गायक जीवन ढुंगेलले देशको पछिल्लो यथार्थलाई चित्रण गर्दै ‘मूल्य त पाइन्छ’ बोलको गीत बजारमा ल्याएका छन् । लेखक तथा साहित्यकार नारायण थापा कल्पितले देशमा देखिएको चरम बेरोजगारीको समस्याले युवाहरु घरदेश छाडेर परदेश जानुपरेको विवसतालाई समेटेर गीतलाई तयार गरेका छन् ।

गीतमा संगीत तथा स्वर गायक ढुंगेलले भरेका छन् । गीतको एरेन्ज सुविन सेञ्चुरीले गरेका छन् । गीत ‘जीवन ढुंगेल’ नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

गीतमा गायन रियालिटी शो भ्वाइस अफ नेपालबाट चर्चा कमाएका महेन्द्र बि.के.रविन भुसाल देवी काफ्ले, शिशिर कार्की जीवन ढुंगेल लगायत कलाकारहरुको अभिनय रहेको छ ।

भिडियोमा देशमा बढ्दो बेरोजगारीको समस्याले युवालाई कसरी परदेशिन बाध्य पारेको छ भन्ने कुरालाई देखाइएको छ ।