नेपाली बजारमा बिवाइडीको ‘फ्युचरिस्टिक बिवाइडी डल्फिन’ सार्वजनिक, मुल्य कति ?

नेपाली बजारमा बिवाइडीको ‘फ्युचरिस्टिक बिवाइडी डल्फिन’ सार्वजनिक, मुल्य कति ?



काठमाडौं । नेपालका लागि बिवाइडी अटो इन्डस्ट्रीको आधिकारिक आयातकर्ता एवम् वितरक साइमेक्स इंकले बजारमा नयाँ विद्युतीय गाडी सार्वजनिक गरेको छ । कम्पनीले सोमबार एक कार्यक्रममार्फत ‘फ्युचरिस्टिक बिवाइडी डल्फिन’ सार्वजनिक गरेको हो।

कम्पनीले बिवाइडीको यो फ्युचरिस्टिक डल्फिनको सुरुआती मूल्य ३९ लाख ८० हजार तोकेको छ। बिवाइडी डल्फिन नेपाली बजारको बहुप्रतिक्षित ह्याचब्याग सेगमेन्टको विद्युतीय गाडी हो। यो ह्याचब्याग बिवाइडीको ओसियन सिरिज (महासागर श्रृंखला) को पहिलो गाडी हो।

बिवाइडी डल्फिनमा ४४.९ किलोवाट आवरको ब्लेड ब्याट्री दिइएको छ। यसले ७ किलोवाटको चार्जर समर्थन गर्छ। गाडीलाई एक पटक पूरा चार्ज गर्दा ३४० किलोमिटरसम्म रेन्ज दिन्छ।

बिवाइडी डल्फिनको शुभारम्भले नेपालमा नयाँ ऊर्जा यात्रुवाहक सवारी साधन व्यवसायको क्षेत्रमा कोशेढुंगा सावित भएको छ।

बिवाइडी डल्फिन अत्याधुनिक बिवाइडी ई-प्लेटफर्म ३.० मा उत्पादन गरिएको छ। यो सेल-टू-प्याक (सिटिपी) प्रविधिमा आधारित छ। अर्थात् यसको ब्याट्री गाडीको बडीमै एकीकृत गरी तयार पारिएको छ, जसमा ब्लेड ब्याट्री र ट्रे समावेश गरी एक ‘स्यान्डविच’ जस्तो संरचना बनेको छ। यस प्रकारको प्रविधिले ब्याट्री प्याक भोल्युमलाई कम गर्दै क्याबिन स्पेस खुला गर्छ। यो प्लेटफर्मले बौद्धिकता, दक्षता, सुरक्षा, र सौन्दर्यशास्त्रमा क्यापिटलाइज गरेको छ। यो पूर्ण रूपमा विद्युतीय हो। कम्पनीले यो गाडी निर्माणमा कुनै पनि कमि छाडेको छैन। विभिन्न विशेषतासँगै सुरक्षाको हिसाबले पनि कम्पनीले डल्फिन उत्पादनमा उत्तिकै प्राथमिकता दिएको छ ।

यो ह्याचब्यागमा २,७०० एमएम ह्विलबेस प्रदान गरिएको छ। यसमा निकै आरामदायी र फराकिलो क्याबिन स्पेस पाउन सकिन्छ। यसबाहेक गाडीमा उच्च डिजाइन र प्रविधि सहितको एकीकृत ८-इन-१ इलेक्ट्रिक ड्राइभ प्रणाली पाउन सकिन्छ। यसले गाडी चालकको कार्यसम्पादनमा धेरै सुधार गर्छ। साथै, सुरक्षाको हिसामा पनि थप बलियो पार्न मद्दत गर्छ। कम्पनीले बिवाइडी डल्फिन चलाउने चालकलाई सहज हुने ढंगले प्रविधि र प्रणाली सुजज्जित गरेको छ। यसबाहेक बिवाइडी चालक र यात्रु सुरक्षालाई लिएर निकै संवेदनशील र सतर्क छ।

बिवाइडीको विद्युतीय नयाँ फ्युचरिस्टिक डल्फिनमा चालक र यात्रु सुरक्षाको लागि ६ वटा एयरब्याग दिइएको छ। यसबाहेक फर्वार्ड कोलिजन वार्निङ, ट्र्याक्सन कन्ट्रोल प्रणाली, अटो होल्ड, एडेप्टिभ क्रुज कन्ट्रोल, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ प्रविधि, लेन डिपार्चर वार्निङ, लेन किपिङ सपोर्ट जस्ता विशेषता दिइएको छ। यसबाहेक यसमा रिअर कोलिसन वार्निङ, ब्लाइन्ड स्पट डिटेक्सन, रिअर क्रस ट्राफिङ अलर्ट र ३६० मोनिटर भ्यू जस्ता फिचरहरू पनि समावेश गरिएको छ। यी फिचरहरूले गाडी चालकलाई सतर्क र उत्तरदायित्व बनाउनका साथै समग्र सुरक्षालाई बढावा दिन्छ।

ओसियन एस्थेटिक डिजाइन
बिवाइडी डल्फिनले मनमोहक ओसियन एस्थेटिक्स डिजाइन भाषालाई अंगालेको छ। बिवाइडी डल्फिनको डिजाइन समुद्री तत्वहरूबाट प्ररित भई तयार पारिएको हो। बिवाइडी डल्फिनको भित्री भाग यसको पर्यावरण(मैत्री दृष्टिकोणको प्रमाण हो। गाडीभित्र सिटमा देखिने छालाका सामग्रीहरू ‘भिगन’ छालाबाट बनाइएको हो। यी सिटहरूले लामो दूरीको यात्राक्रममा निकै आरामदायी प्रदान गर्छ। यी डिजाइनहरू पनि समुन्द्रबाट प्रेरित भई तयार पारिएको हो।

बिवाइडी डल्फिनमा फ्युचरिस्टिक सस्पेन्डेड सेन्टर कन्सोल डिजाइन पनि छ । यसले ड्राइभिङ वातावरणमा आधुनिक र गतिशीलता थप गरेको छ । गाडीको ड्यासबोर्ड पनि निकै सुरुचिपूर्ण ढंगले तयार पारिएको छ । यसमा १२.८ इन्चको इन्टेलिजेन्ट रोटेटिङ टचस्क्रिन पाउन सकिन्छ। यसले ब्लुटुथ कनेक्टिभिटीका साथै एप्पल कारप्ले पनि समर्थन गर्छ। कम्पनीले यो गाडीमा चार्जिङ, र ड्याब डिजिटल रेडियो पनि प्रदान गरेको छ। यी विशेषताहरूले गाडीमा प्रिमियम अनुभवलाई बढाउन मद्दत गर्छ।