कांग्रेसले रोकिएको बीपी साहित्य महोत्वस ३ गते गर्ने

कांग्रेसले रोकिएको बीपी साहित्य महोत्वस ३ गते गर्ने



काठमाडौं । नेपाली कांग्रेसले रोकिएको बीपी साहित्य महोत्सव ३ गते गर्ने भएको छ । महोत्सव आयोजक कमिटीको बैठकले महोत्सवको समापनसभा ३ गते गर्ने निर्णय भएको कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माले बताए । संविधानसभा अध्यक्ष सुवास नेम्वास नेम्वाङको निधनपछि महोत्सव रोकिएको थियाे ।

उनका अनुसार स्थगित भएको तेस्रो र अन्तिम दिन (भाद्र २६ गते) को कार्यक्रम संविधान दिवसको अवसरमा असोज ३ गते विहान १०ः ३० बजेदेखि साँझ ५ः०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा आयोजना हुनेछ ।

गत साउनमा बसेको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार कांग्रेसले २४ गतेदेखि २६ गतेसम्म पार्टी मुख्यालयमा महोत्सवको आयोजना गरेको थियो ।

अन्तिम दिनको कार्यक्रममा सहभागीका लागि राजनीतिक दल नेता, लेखक, साहित्यकार, बुद्धिजीवि, अध्येता, अनुसन्धाता एवम् सामाजिक, सांस्कृतिक क्षेत्रमा रुची राख्ने सम्पूर्ण अनुरोध गरेको छ ।