होण्डाको ‘दशैंमा दश लाख’ उपहार योजना

होण्डाको ‘दशैंमा दश लाख’ उपहार योजना



काठमाडौं । होण्डा टु व्हीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले “दशैंमा दश लाख” नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ ।

यो योजना अन्तर्गत ग्राहकहरूले होण्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन प्राप्त गरी रु. १० लाख नगद जित्न सक्नेछन् । यसका साथै “Choose Your Scheme ” अर्न्तगत ग्राहकहरुले रु. १०,००० सम्मको थप स्क्रयाच कार्ड पाउन सक्नेछन् वा रु.१२,५०० बराबरको ५ वर्षे AMC Package पाउन सक्नेछन् ।

कम्पनीले ग्राहकहरुलाई अझ आर्कषक योजना प्रदान गर्ने उद्देश्यले “रु. १ फाइनान्स योजना” मा पनि यो “दशैंमा दश लाख” योजना उपलब्ध गराइरहेको छ । यसका साथै होण्डा बिग बाइकको खरिदमा रु.१ लाख सम्मको आकर्षक छुट पनि उपलब्ध हुनेछ ।

यो योजना सीमित अवधिको लागि मात्र लागू हुनेछ । नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ ।