‘हिन्द–प्रशान्त क्षेत्रको स्थायित्वका लागि अमेरिका–भारत साझेदारी अपरिहार्य’

‘हिन्द–प्रशान्त क्षेत्रको स्थायित्वका लागि अमेरिका–भारत साझेदारी अपरिहार्य’



नयाँदिल्ली । अमेरिकी सेनाका प्रमुख र्‍यान्डी जर्जले हिन्द–प्रशान्त क्षेत्रको स्थायित्वका लागि अमेरिका–भारत साझेदारी अपरिहार्य भएको बताएका छन् ।

हिन्द–प्रशान्त क्षेत्रका सेना प्रमुखहरूको हिजोदेखि देशको राष्ट्रिय राजधानीमा शुरुभएको सम्मेलनमा भारतीय सेनाप्रमुख मनोज पाण्डेका साथ भएको संयुक्त पत्रकार सम्मेलनमा अमेरिकी सेनाप्रमुखले अमेरिका र भारतीय सेनाबीचको साझेदारीले हिन्द–प्रशान्त क्षेत्रमा स्थायित्व कायम गर्न सहज हुने बताए ।

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका पालामा सुरू भएको क्वाड गठबन्धनमा अमेरिका, भारत, जापान र अष्ट्रेलिया छन् । एसिया–प्रशान्त क्षेत्रमा चिनियाँ प्रभुत्वलाई रोक्न अमेरिकाले यो क्षेत्रका मुख्य साझेदार मुलुकसँग सैन्य गठबन्धन बनाएको हो ।