सेयर बजारमा ३३ अंकको गिरावट

सेयर बजारमा ३३ अंकको गिरावट



काठमाडौं : साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक ३३.२० अंकले घटेर १९७१.१० विन्दुमा झरेको छ ।

सेन्सेटिभ इण्डेक्स ५.५५ अंकले घटेर ३७७.३९ विन्दुमा पुगेको हो। यसदिन २८४ कम्पनीको ६७ लाख २३ हजार ४०० कित्ता सेयर १ अर्ब ८३ करोड ४ लाख ८६ हजार ७४३ रुपैयाँमा खरिदबिक्री भयो ।

दोहोरो अंकले घटेको बजारमा एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सप्तरी हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको हो ।

आज करिब ६ कम्पनीको सेयर १० प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा सिटीजन लाइफ इन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको १४ करोड मूल्य बराबरको सेयर कारोबार भयो ।

यसैगरी एनआईसी एसियाको ९ करोड र सन नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड मूल्य बराबरको सेयर कारोबार भयो ।

कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएको छ । हाइड्रोपावर उपसमूहको सूचक सर्वाधिक ३.३२ प्रतिशतले घटेको हो ।