शेयर बजार २३ अंकले घट्याे

शेयर बजार २३ अंकले घट्याे



काठमाडौं । शेयर बजार आज साेमवार २३ अंकभन्दा धेरैले घटेकाे छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव १६ अंकले घटेर १ हजार ८ सय ५१ दशमलव ४३ विन्दुमा झरेकाे छ ।

आज सबै समूहकाे शेयर घटेकाेमा बीमा, हाेटल तथा पर्यटन, व्यापार, माइक्राेफाइनान्स, जलविद्युत् र विकास बैंक समूहकाे शेयर उच्च अंकले ओरालाे लागेकाे छ ।

आज सबैभन्दा धेरै सयपत्री हाइड्राेपावर र हाथवे इन्भेस्टमेन्ट नेपालकाे शेयर १० प्रतिशतले घटेकाे छ । समग्रमा बजार घटेकाे दिन सिद्धार्थ प्रिमियर इन्सुरेन्सकाे शेयर सबैभन्दा धेरै झन्डै ८ प्रतिशतले बढेकाे छ ।

आज ४८ लाख ३७ हजार कित्ता शेयर १ अर्ब २५ कराेड रुपैयाँमा काराेबार भएका छन् । सबैभन्दा धेरै प्रभु बैंककाे प्रमाेटर शेयर ६ कराेड २४ लाख रुपैयाँमा किनबेच भयाे ।