एजेन्सी । अमेरिकाको लिविस्टन शहरमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा १६ जनाको मृत्यु भएको छ भने कम्तिमा ५० जना भन्दा बढी घाइते भएका छन् । गोली चलाउने व्यक्ति फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले ४० वर्षका रोर्बट कार्ड नाम गरेका व्यक्तिले गोली चलाएको र उनी फरार रहेकाले लिविस्टनसँगे लिस्वन शहरका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
‘शहरमा एकजना एक्टिभ सुटर रहेका छन् । हामी मानिसहरुलाई घरभित्रै बस्न आग्रह गर्छौं । आफ्नो घरको ढोका लगाउनु होला,’ प्रहरीले जारी गरेको सूचनामा भनिएको छ । यो घटनाका बारेमा अमेरिकाका राष्ट्रपति जो बाइडेनलाई सूचित गरिसकेको अधिकारीहरुले बताएका छन् । अमेरिका गोलीकाण्ड भइरहने देशमा पर्छ ।
प्रतिक्रिया