बेनेलीको नयाँ अफर: पहिला कहिल्यै नभएको अहिले

बेनेलीको नयाँ अफर: पहिला कहिल्यै नभएको अहिले



काठमाडौं । बेनेली मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक केटिएम इन्टरनेशनल ट्रेडिङ प्रालिले इटालीमा बनेको र विश्वमा सबैभन्दा बढी बिक्री हुने मोटरसाइकल चाडपर्वलाई लक्षित गर्दै ‘पहिला कहिल्यै नभएको अहिले’ शीर्षक अन्तर्गत दशैँ तथा तिहारका लागि यो योजना ल्याएको छ । उक्त अफर बेनेलीका सबै मोडलका मोटरसाइकलका लागि मान्य हुनेछ ।

यो अफरमा ग्राहकहरूले प्रत्येक खरिदमा थाइल्याण्डको निःशुल्क यात्रा वा सो बराबरको नगद छुट, बेनेलीको ब्रान्डेड हेल्मेट र अन्य धेरै उपहार प्राप्त गर्न सक्नेछन् ।

यो अफर विभिन्न मोडलहरूमा विविधिकरण गरिएको छ जसमा बेलेनी पेनेरिया स्कुटर, टिएनटी–१५, टिएनटी–१५०आइ र ३०२एस मोडलमा ग्राहकहरुले १ लाख रुपैयाँसम्मको स्क्र्याच कुपन र १८०एस तथा टिआरके बेनेली मोटरसाइकलमा थाइल्याण्ड भ्रमण वा सो बराबरको नगद छुट पाउनेछन् ।