फ्रान्सपछि दक्षिण कोरियामा उडुस आतंक

फ्रान्सपछि दक्षिण कोरियामा उडुस आतंक



काठमाडौं । हालै फ्रान्स र बेलायतमा उडुसको बिगबिगीबारे समाचार अन्तर्राष्ट्रिय रूपमै फैलियो, यतिबेला दुवै राष्ट्रले उडुसलाई सखाप पार्न विज्ञहरू परिचालन गरेको छ भने त्यसलाई निमिट्यान्न पार्न बजेट पनि छुट्याएको छ ।

यतिबेला अर्को विकसित राष्ट्र दक्षिण कोरियामा पनि उडुसको समस्या देखिएको छ । बीबीसीका अनुसार राजधानी सोल, इनचियोन र बुसनका १७ क्षेत्रमा उडुसको बिगबिगी देखिएको छ ।

राजधानी सोलमा त उडुसविरुद्ध लडन् ३ लाख ८३ हजार अमेरिकी डलर नै छुट्याइएको छ । यतिबेला विशेष टोली नै उडुस मार्न खटाइएका छन् ।

खुन चुस्ने जीव उडुसहरू दक्षिण कोरियाका पर्यटकीय क्षेत्र, चलचित्र हल, सार्वजनिक गाडी र साउना हाउसमै देखिएका छन् । यो कीरा पुराना काठका फर्निचर, खाट र लुगाहरूमा देखिने गर्दछन् ।