होण्डाको ‘दशैंमा दश लाख’ योजना अब छठ पर्व सम्म उपलब्ध हुने

होण्डाको ‘दशैंमा दश लाख’ योजना अब छठ पर्व सम्म उपलब्ध हुने



काठमाडौँ ।  नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरले ल्याएको आकर्षक उपहार योजना “दशैंमा दश लाख” मा ग्राहकहरूको उत्साहजनक सहभागिता रहेको छ । कम्पनीले छठ पर्व सम्मको लागि योजनाको अवधि थप गरेको छ ।

यो योजना अन्तर्गत ग्राहकहरूले होण्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन प्राप्त गरी रु. १० लाख नगद जित्न सक्नेछन् । यसका साथै “Choose Your Scheme” अन्र्तगत ग्राहकहरुले रु. १०,००० सम्मको थप स्क्रयाच कार्ड पाउन सक्नेछन् वा रु. १२,५०० बराबरको ५ वर्षै AMC Package पाउन सक्नेछन् ।

कम्पनीले ग्राहकहरुलाई अझ आर्कषक योजना प्रदान गर्ने उद्देश्यले “रु. १ फाइनान्स योजना” मा पनि यो “दशैंमा दश लाख” योजना उपलब्ध गराइरहेको छ । यसका साथै होण्डा बिग बाइकको खरिदमा रु. १ लाख सम्मको आकर्षक छुट पनि उपलब्ध हुनेछ ।

यस उपहार योजना अन्तर्गत स्त्र्याच कुपन मार्फत जितिने भनिएको अधिकतम उपहार रु. दस लाख भने हाल सम्म पनि जितिएको छैन । हाल सम्मका सम्पूर्ण विजेताहरुलाई हार्दिक बधाई दिँदै कम्पनीले, ‘होण्डा दशैँमा दस लाख’ योजना मार्फत अझै पनि जित्ने सम्भावना रहेको प्रथम पुरस्कार रु. दस लाखको भाग्यशाली विजेता चाँडै नै प्राप्त हुने विश्वास व्यक्त गरेको छ ।