समानुपातिक सांसदमा जसपाकी यादव निर्वाचित

समानुपातिक सांसदमा जसपाकी यादव निर्वाचित


ग्लोब नेपाल
81
Shares

काठमाडौँ । मधेश प्रदेश सभामा रिक्त रहेको जनता समाजवादी पार्टीको समानुपातिक सांसदमा सञ्जिलाकुमारी यादव निर्वाचित भएकी छन् ।

निर्वाचन आयोगले राजपत्रमा सूचना प्रकाशन गर्दै यादव प्रदेशसभा सदस्य निर्वाचित भएको घोषणा गरेको हो । यसअघि समानुपातिकको मधेशी समावेशी समूहबाट प्रदेशसभा सदस्य रहेकी विन्दुकुमारी यादवको निधन भएपछि उक्त पद रिक्त थियो । समानुपातिक सांसद विन्दुकुमारीको गत भदौमा निधन भएको थियो ।

प्रदेश सभा सदस्य निर्वाचन, ऐन २०७४ को दफा ४० को उपदफा (२) र प्रदेशसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ४७ को उपनियम (५) बमोजिम जसपाबाट मधेशी समावेशी समूहबाट प्रदेशसभा सदस्य निर्वाचित भएको निर्वाचन आयोगका सचिव सूर्यप्रसाद गौतमले राजपत्रमा सूचना जारी गर्दै जानकारी गराएका छन् ।