काठमाडौं । एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीको छाता सङ्गठन (ईफाप्का) को ४६ औँ सम्मेलनको तयारी पूरा भएको आयोजक नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । सम्मेलन मंसीर ५ गतेदेखि ९ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ ।
सम्मेलनमा भाग लिन १४ देशबाट २ सय ४० जना प्रतिनिधिले सहभागिता जनाउने महासंघले जनाएको छ । कार्यक्रममा ४०५ जनाले सहभागिता जनाउने छन् ।
इफाप्काको पहिलो पाहुना कम्बोडियाबाट कार्तिक ३० गते २ जना आइसकेका छन् । उनीहरु दुवैजनालाई नेपाल निर्माण व्यवसायी महासंघका तर्फबाट सन्तोष साह र मोहन कार्की तथा ट्राभल पार्टनर होलिडे ट्रिप नेपाल प्रालिका तर्फबाट रोहित कार्कीलगायतको टोलीले स्वागत गरेको थियो । महासंघका अनुसार सम्मेलनमा भाग लिन सबै पाहुना मंसिर २ गतेदेखि ४ गतेभित्र आइसक्ने छन् ।
प्रतिक्रिया