काठमाडौं । हङकङमा जारी महिला टी–२० सिरिजमा जापानविरुद्ध नेपाल ६७ रनले विजयी भएको छ । नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय १३ रन बनाएर सो लक्ष्य दिएको थियो । जापानले पूरै २० ओभर खेल्दा सबै विकेट गुमाएर मात्र ४६ रन बनाउन सक्यो ।
जापानका लागि मेग ओगवाले १७ तथा सेइका सुमीले १३ रनबाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । जापानलाई सस्तैमा समेटन संगीता राईले ५ विकेट लिएकी थिइन भने अस्मिना कर्माचार्य र पूजा महतोले २–२ विकेट लिएका थिए ।
नेपालका लागि रुविना क्षेत्रीले ३२ बलमा ५ चौकाको मद्दतमा ३८ रन बनाउन सफल भएकी थिइन भने कप्तान इन्दू बर्माले ३१ बलमा दुई चौका प्रहार गर्दै २७ रनको योगदान दिन सफल भएकी छिन ।
काजल श्रेष्ठले अविजित रहँदै ७ बलमा ३ चौकाको मद्दतमा १५ तथा पूजा महतोले २९ बल खेल्दै एक चौकाका साथमा १३ रन बनाउन सफल भएकी थिइन् ।
प्रतिक्रिया