नेपालले दियो जापानलाई ११६ रनको लक्ष्य

नेपालले दियो जापानलाई ११६ रनको लक्ष्य


ग्लोब नेपाल
351
Shares

काठमाडौं । तेस्रो स्थानका लागि भएको चार देश सम्मिलित महिला टि-२० सिरिजअन्तर्गतको खेलमा नेपालले जापानलाई ११६ रनको लक्ष्य दिएको छ । हङकङमा जारी प्रतियोगितामा ओपनर पूजा महतोको ४३ रनको सहयोगमा निर्धारित २० ओभरमा नेपालले ५ विकेट गुमाएर ११५ रन बनाउन सक्यो ।

महतोले ५१ बलको सामना गर्दै ३ चौकाको सहयोगमा ४३ रन बनाएकी हुन् । त्यसपछि मध्यक्रमका ब्याट्सम्यान रोमा थापाले २२ र रविना क्षेत्रीले २१ रनको योगदान दिएका छन् । फुजी कवाको बलमा आउट हुनुअघि कप्तान इन्दु बर्माले टिमका लागि १२ रनको योगदान दिएकी थिइन ।

समूह चरणको पहिलो र दोस्रो खेलमा भने नेपाल पराजित भएको थियो । नेपाल पहिलो खेलमा बुधबार तान्जानियासित २७ रनले तथा दोस्रो खेलमा बिहीबार हङकङसित नौ विकेटले पराजित भएको थियो । जापान समूह चरणका तीनवटै खेलमा पराजित भएको थियो ।

महिला टि-२० सिरिजमा आयोजक हङ्कङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन् । आइसिसी बरियतामा तान्जानिया १९औँ, नेपाल २१औँ, हङ्कङ २२औँ तथा जापान ५१औँ स्थानमा छन् । तान्जानिया र हङकङले आज नै उपाधिका लागि खेल भइरहेकाे छ ।