‘दुर्गा प्रसाईंको कार्यक्रममा सहभागी हुन उपमहासचिव थपलियाले गरेको आह्वान व्यक्तिगत’

‘दुर्गा प्रसाईंको कार्यक्रममा सहभागी हुन उपमहासचिव थपलियाले गरेको आह्वान व्यक्तिगत’


ग्लोब नेपाल
13.7k
Shares

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका (आन्तरिक) उपमहासचिव नरहरि थपलियाद्वारा दुर्गा प्रसाईले मंसिर ७ गते आयोजना गरेको जनसभामा सहभागी हुन गरेको आह्वान व्यक्तिगत भएको महासंघले स्पष्ट पारेको छ ।

नीतिगत उपमहासचिव शिवहरि घिमिरेका अनुसार एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीको छाता सङ्गठन (ईफाप्का) को ४६ औँ सम्मेलनको तयारीमा महासंघ युद्धस्तरमा जुटेका बेला आन्तरिक उपमहासचिवको यस्तो अपिल सार्वजनिक भएको छ । नीतिगत उपमहासचिव घिमिरेले भने, ‘भ्रममा नपर्न र मंसिर ५ गतेदेखि ९ गतेसम्म काठमाडौंमा आयोजना हुने ईफाप्काको सम्मेलन जुट्न अनुराेध गर्दछु ।’

सम्मेलनलाई सफल पार्नुपर्ने दायित्व बोकेका महासंघका पदाधिकारीबाटै यस्तो राजनीतिक अपिल सार्वजनिक हुँदा धेरैजना अचम्मित परेका छन् । उपमहासचिव थपलियाले जारी गरेको अपिलमा सम्पूर्ण व्यवसायीलाई दुर्गा प्रसाईको कार्यक्रममा सहभागी हुन अनुरोध गरिएको छ ।

अपिलमा भनिएको छ– ‘नेपाली नागरिकको हैसियतले कुनै पनि राजनीतिक पार्टी विशेषसँग आबद्ध नभई राष्ट्र, राष्ट्रियताप्रति समर्पित रहेर मुलुकको विकासमा अहोरात्र खटिदै आए पनि बैक तथा वित्तीय संस्थाहरुको ज्यादती, बिमा कम्पनीको मनोमानीका कारण आर्थिक रुपमा धराशायी हुन लागेकाले यसको न्यूनीकरणका लागि पनि श्री प्रसाईजीको उक्त कार्यक्रमप्रति समर्थन रहेको व्यहोरा अवगत गराउँदछौं ।’