गोपाल घर फर्के

गोपाल घर फर्के


ग्लोब नेपाल
7k
Shares

काठमाडौं । १६ वर्षसम्म भेट नभएको छोरो सकुशल आफ्नो आँगनमा आइपुग्दा जन्मदिने आमाको मन कस्तो हुँदो हो ? धमिलो हुँदै गएका ती आमाको आँखाले आफ्नो छोरालाई कसरी ठम्याउलिन् ? आशै आशमा १६ वर्ष बित्यो। १२ वर्षमा त खोलो पनि फर्कन्छ भन्छन्। तर मेची नदीमा यो १६ वर्षमा धेरै भेल बग्यो तर खोलो फर्केन न त छोरो नै। १४ वर्षमा भगवान राम पनि बनवासबाट फर्केको कथा ती आमाले आज पनि सुनिरहेकै छिन्।

तर, आफ्नो छोरो कहाँ छ भन्ने समेत थाहा नपाइकन आमाले १६ वर्ष गुजारिन्। यो दिव्य १६ वर्षसम्म खुटखबर थाहा नभएको छोरो सकुशल घर फर्कदैंछ भन्ने सुन्दा ती आमाको छाती हर्ष र उमंगले कति फुल्यो होला ? हर्षका आँशुको भेल कति बग्दो हो ? हो, ती आमाका छोरा १६ वर्षपछि आज घर फर्कदैछन्।

१६ वर्ष पहिले मलेसियामा पुगेका झापा काँकडभिट्टाका गोपाल घिमिरे आज आफ्नो घर आँगन टेक्दैछन्। मेचीनगर ११ का स्थायी वासिन्दा गोपाल मलेसियामा लामो समयदेखि बेपत्ता जस्तै थिए, कसैको सम्पर्कमा थिएनन्। छोरो बेपत्ता भएको खबरले मर्माहत भएकी गोपालकी आमा सानी घिमिरेले छोरोको खोजी गर्न धेरै हारगुहार गरिन्। आफुले चिनेजानेका सबैलाई आफ्नो छोरोको अवस्था पत्ता लगाइदिन अनुनय विनय गरिन्।

सरकार गुहारिन्, नेता गुहारिन् तर परिणाम केही हात लागेन केवल निराशा बाहेक। बिहे गरेर रोजीरोटीका लागि मलेसिया उडेका गोपालकी श्रीमतीले यो १६ वर्षको बीचमा मृत्युवरण गरिसकिन्। ३ वर्षे काखे छोरोलाई छाडेर हिंडेका गोपालका छोरा अहिले १९ वर्षका भैसके। तर गोपाल आफ्नो परिवार,आफ्ना आफन्त कसैसँग सम्पर्कमा थिएनन्।

गोपाल आज घर फर्कन लागेको खबरले उत्साहित हुँदै झापाकै स्थानीय वासिन्दा एवं नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले खुशी हुँदै सामाजिक संजालमा लेखेका छन्, ‘गोपाल अब जन्मदिने आमाको आँगनमै आउँदैछ, यो खुसीमा धेरै बधाई छ आमा !

आज मंसिर ७ गते राती उ उड्नेछ मलेसियाबाट, ८ गते बिहान पुग्नेछ काठमाडौ अनि बेलुकी पुग्नेछ काँकडभिट्टा । ऊ जाँदै गर्दा जिवित रहेकी श्रीमतीको यसबीचमा मृत्यु भइसक्यो, ३ वर्षको छोरो १९ वर्षको भयो । यो सबै हुँदासम्म सम्पर्कविहिन छोरा गोपाल अब घर फर्कंदैछ। अब पिडाको होइन खुसीको आँसु बग्नुपर्छ आमा !’

कसरी फेला परे गोपाल ?
गोपाल घिमिरे कहाँ बेपत्ता थिए ? कस्तो अवस्थामा थिए ? यो त अब विस्तारै खुल्दै जाला। तर आफ्नो छोरा बेपत्ता भएपछि खोजीनिधिका लागि आमाले धेरै हार गुहार गरिन्। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र रास्वपा सभापति रबी लामिछानेलाई समेत गुहारिन्। तर केही भएन। मलेसियामा दूतावासमा सम्पर्क गर्दा गोपालको उद्धार र रिहाइका लागि एक लाख ५० हजार रुपैंया खर्च लाग्ने थाहा पाएपछि लिङ्देन र लामिछाने गोपालकी आमासँग सम्पर्कमै रहन छाडे।

पछि यो खबर जब काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा हुँदै नेपाली जनसम्पर्क समिति, मलेसियासम्म पुग्यो तब समितिका सभापति चोलाकान्त पंगेनीलगायत समितिका नेतृत्वका व्यक्तिहरु गोपालको उद्धारमा गम्भीरतापूर्वक लागे। गोपाल भेटिए, महामन्त्री शर्मासँगको सहकार्यमा उनको रिहाईको कागजात तयार भयो। पैसाको जोहो भयो । गोपालसँगै भएको रकम, विश्वप्रकाश शर्माको केही सहयोग र समितिका सभापति पंगेनीको समेत आर्थिक सहयोगमा गोपाललाई स्वदेश फिर्ता गराउने काम पूरा भएको छ।

गोपालको रिहाइ बारे जानकारीसहित नेपाली जनसम्पर्क समिति, मलेसियाले आफ्नो फेसबुकवालमा यसरी लेखेको छ-