अहिले उठेको प्रश्न व्यवस्थामाथि होइन, नेतृत्वमाथि हो : पूर्णबहादुर खड्का

अहिले उठेको प्रश्न व्यवस्थामाथि होइन, नेतृत्वमाथि हो : पूर्णबहादुर खड्का


ग्लोब नेपाल
81
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले अहिले समाजमा उठिरहेको प्रश्न, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामाथि नभएर नेतृत्वमाथि भएको बताएका छन् ।

काठमाडौंमा आज (शुक्रबार) आयोजित एक कार्यक्रममा उपप्रधानमन्त्री खड्काले जनताको अहिलेको असन्तुष्टि व्यवस्थामाथि नभएर नेतृत्वको काम गर्ने प्रक्रिया र शैलीमाथि भएको बताए ।

संघ, प्रदेश र स्थानीय सरकार सञ्चालनका क्रममा सुशासन र जनताको चाहनालाई केन्द्रविन्दुमा राखेर सुधारका काम गर्नुपर्ने उनको भनाइ छ । मन्त्री खड्काले जनचाहनाअनुसार कतिपय काम समयमा सम्पन्न गर्न नसकिएका कारण नेतृत्वमाथि नकारात्मक टिप्पणी भइरहेको बताए ।