नेपाल प्रहरीका २६ जना सम्पर्कबिहिन

नेपाल प्रहरीका २६ जना सम्पर्कबिहिन


ग्लोब नेपाल
351
Shares

काठमाडौं । नेपाल प्रहरीका २६ जना सम्पर्कबिहिन भएका छन । कुनै पनि जानकारी बिना नै विभिन्न पदमा कार्यरत २६ जना सम्पर्कविहीन भए पछि प्रहरीले जनाएको छ । 

आफु माताहातका प्रहरी कर्मचारी जानकारी बिना तीन महिना भन्दा बढी समय देखि सम्पर्कविहीन भएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले सार्वजनिक सुचना निकालेर सम्पर्कमा आउन निर्देशन दिएको छ । 

यसरी सम्पर्कमा नआएका २६ जनाको नाममा सार्बजनिक गर्दै प्रहरी प्रधान कार्यालयले एक साता भित्र प्रहरी प्रधान कार्यालयमा हाजिर हुन निर्देशन दिएको हो । पहिलो पटक सूचना जारी गर्दासमेत हाजिर नभएको भन्दै उनीहरुलाई सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन आज सूचना प्रकाशित गरेका हो ।