अम्बे कोसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसहित पाँचजना पक्राउ

अम्बे कोसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसहित पाँचजना पक्राउ


ग्लोब नेपाल
216
Shares

सुनसरी । सुनसरीको इटहरीमा रहेको अम्बे कोसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । बचतकर्ताको रकम अपचलन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सहकारीका अध्यक्ष फणीन्द्र मगर, सञ्चालकहरू सिला गजमेर, राहुल अग्रवाल र कुमार आले रहेका छन् । एकजनाको नाम भने गोप्य राखिएको छ । उनीमाथि भने अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

‘जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ,’ डीएसपी कार्कीले भने, ‘सहकारी संस्थाको रकमबारे थप अनुसन्धान भइरहेको छ ।’

बचतकर्ताहरूको करिब ४० करोड बचत रकम फिर्ता गर्न नसकेपछि पीडितहरूले जिल्ला प्रशासन कार्यालय सुनसरीमा पैसा फिर्ता माग गर्दै दबाब सिर्जना गर्दै आएका थिए ।

प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले सहकारीका अध्यक्षसहित सञ्चालकका विरुद्धमा ठगी मुद्दा दायर गरेपछि उनीहरूलाई इटहरीका विभिन्न ठाउँहरूबाट प्रहरीले पक्राउ गरेको हो ।