एस्टन भिल्लासँग टोटनह्याम स्तब्ध

एस्टन भिल्लासँग टोटनह्याम स्तब्ध


ग्लोब नेपाल
54
Shares

लन्डन । ईङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्याम एस्टन भिल्लासँग स्तब्ध भएको छ । गएराती सम्पन्न खेलमा एस्टन भिल्लाले टोटनह्यामलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

एस्टनभिल्लाले १-० गोलले पछि परेको अवस्थामा कमब्याक गर्दै खेल जितेको थियो ।  एस्टन भिल्लाको जितमा पाउ टोरेज र ओली वाटकिन्सले एक एक गोल गरेका थिए । त्यसैगरी टोटनह्यामका लागि गिओभानी लो चेल्सोले एक गोल गरेका थिए । 

यो जितपछि एस्टन भिल्ला प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ । भिल्लाको १३ खेलमा २८ अंक रहेको छ । त्यसैगरी टोटनह्यामको भने यस सिजनमा यो तेस्रो हार हो । १३ खेलमा टोटनह्यामको २६ अंक रहेको छ र लिगमा पाँचौं स्थानमा रहेको छ ।