ओखलढुंगा कांग्रेसको जिल्ला सम्मेलन मंसिर १९ गते

ओखलढुंगा कांग्रेसको जिल्ला सम्मेलन मंसिर १९ गते


ग्लोब नेपाल
2k
Shares

काठमाडौं । ओखलढुंगा कांग्रेसको प्रथम जिल्ला सम्मेलन तथा बीपी स्मृति भवनको उद्घाटन मंसिर १९ गते हुने भएको छ । जिल्ला सभापति तेजन खनाल (तेजेन्द्र) का अनुसार पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने उक्त सम्मेलनमा महामन्त्री गगनकुमार थापा र नेता शेखर कोइरालाको समेत उपस्थिति रहनेछ ।

सम्मेलन दुई दिनसम्म चल्ने सभापति खनालले जानकारी दिए । कार्यक्रममा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति तथा ओखलढुंगाबाट प्रतिनिधित्व गर्ने सांसद रामहरि खतिवडा, केन्द्रीय सदस्य तथा प्रदेश सांसद प्रदीप कुमार सुनुवार, प्रदेश सभापति उद्धव थापा र छिमेकी जिल्ला खोटाङ र सोलुखुम्बुका पार्टी सभापतिलाई आमन्त्रण गरिएको छ ।

ओखलढुंगा कांग्रेसले जिल्ला सम्मेलन र भवन उद्घाटन कार्यक्रम कार्तिक अन्तिम साताका लागि तय गरेको थियो । तर जाजरकोट भूकम्पले गर्दा कार्यक्रम मंसिर १९ गतेका लागि सारिएको हो ।