सुपर लिगमा आज काठमाडौं र चितवन भिडदैँ

सुपर लिगमा आज काठमाडौं र चितवन भिडदैँ


ग्लोब नेपाल
54
Shares

काठमाडौँ । नेपाल सुपर लिग फुटबल (एनएसएल)मा आज काठमाडौँ रेजर्स र चितवन एफ सीबीच प्रतिस्पर्धा हुँदैछ । खेल साँझ साँढे ५ बजे दशरथ रङ्गशालामा हुनेछ ।

पहिलो खेलमा स्पोर्टीङ इलामलाई हराएको साविक विजेता काठमाडौँ आज लगातार दोस्रो जितको खोजीमा रहेको छ । उता पहिलो खेलमा पोखरा थन्डर्ससँग १-० ले पराजित भएको चितवन भने पहिलो जितको खोजीमा हुनेछ ।

यसअघि सोमबारको खेलमा स्पोर्टीङ इलामले झापा एफ सी लाई १-० ले हराएको छ । दोस्रो संस्करणको नेपाल सुपर लिग फुटबलमा ९ वटा फ्रेन्चाइज टोलीहरूको सहभागिता छ ।